एनरएनए फ्रान्स अध्यक्षमा गीता

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७८
Nrn france

पोखरा । पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ ।
अध्यक्षको दौडमा रहेकी खनालले कुल खसेको ४ सय ५८ मध्ये २ सय ४८ मत पाएर जित दर्ता गरिन् । उनका प्रतिस्पर्धी मीनबहादुर श्रेष्ठले २ सय १० मत पाए । अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ मतान्तरले प्रतिस्पर्धी श्रेष्ठलाई हराएकी हुन् ।
यसअघिकी वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिइन् । उनको प्यानलका १ सदस्यबाहेक सबै विजयी भएका छन् ।
निर्वाचनमा आइसीसी सदस्य अमरबहादुर भन्डारी र एकबहादुर मल्लबीच २ सय २५ को बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा २ सय ४८ मतसहित शिवराम भण्डारी तथा २ सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा २ सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए ।
यसैगरी सचिवमा २ सय ५२ मतका साथ कमलविक्रम केसी तथा कोषाध्यक्षमा २ सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width