बजारमा बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
Suzuki access presss

पोखरा । नेपाली बजारमा सुजुकी कम्पनीको बिएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर भित्रिएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाइल्स प्रालिले बजारमा ल्याएको हो । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो ।

भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटरमध्येमा पर्छ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभरसमेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरुभन्दा कम आउने बताइएको छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात् बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधिसमेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

२ भल्बयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुविधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । एसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुवै व्यवस्था रहेको छ । स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको छ । दुवै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ केजी छ ।

१६० एमएमके ग्राउन्ड क्लिरियन्स भएको हुँदा यो सेग्मेन्टमै उत्कृष्ट प्रोडक्ट गनिन्छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाइल, इन्जिन डायग्नोसि, ब्याट्री डायग्नोसिससहित ट्रिप मिटर ३ कलरमा उपलब्ध छन् ।

बजारमा उपलब्ध सुजुकी बिएस ६ को सेतो, नीलो, खैरो र कालो रङमध्ये नीलो अधिक रुचाइएको भिजी अटोमोबाइल्सले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width