दमौली । जिल्लाको सदरमुकाम दमौली बजारभरि चहलपहल बाक्लो छ । चोक-चोकमा मानिसको भीडभाड उस्तै छ । बैंकलगायत वित्तीय संस्थाको बाहिर जात्राझैं लाग्ने भिड छ । सरकारी कार्यालयमा पनि सेवा लिनेहरुको उस्तै भिड छ । बाटोमा हिँड्ने र भिडभाडमा रहेकाले मास्क लगाएको देखिँदैन । न त कायम छ भौतिक दूरी ।
प्रहरीको निगरानी पनि भेटिँदैन । मास्क नलगाउनेलाई कारबाही गर्न पनि छोडिएको छ । बिहानदेखि साँझ ५ बजेसम्म सबै पसलहरु खुलेका छन् । खुलेका कुनै पनि पसलमा सतर्कता अपनाएको पाइँदैन । मानिसहरु खुलारुपमा आवत-जावत गरिरहेका छन् । सार्वजनिक यातायातमा समेत मापदण्ड लागु भएको पाइँदैन । यात्रुबाहक साधनले कोचाकोच गरेर यात्रु राख्ने गरेका छन् ।
कोभिड १९ को दोस्रो भेरियन्ट सुरु भएपछि तनहुँमा वैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु गरेको थियो । त्यसबेलादेखि जारी भएको निषेधज्ञा साउन २० गते सम्मलाई लम्बाइएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाधाले संक्रमणको दर घट्नुको साटो उल्टै बढेको छ । सरकारी नियामक निकायले अहिले मापदण्ड पालना भए नभएको अनुगमन गरेको छैन ।
तनहुँमा शनिबार एकैपटक १ सय ७ जना नयाँ कोरोना संक्रमित थपिए । अहिले तुलनात्मक रूपमा संक्रमितको संख्या धेरै देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको दर पनि फैलँदो छ । साउनको पहिलो सातामा २ सय ४२ जना सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म यो संख्या बढेर ३ सय १८ पुगेको छ । असारको अन्तिम हप्तासम्म दैनिक संक्रमितको संख्या २० भन्दा तल थियो ।
साउन सुरु भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । सुरुआती समयमा चेकजाँचमा कडाइ गरे पनि अहिले खुला गरिएको छ । जसकारण जिल्लामा संक्रमण दर ह्वात्तै बढेको हो । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरेमा फेरि संक्रमण दर भयावह हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंखरबाबु अधिकारी बताउँछन् ।
उनले भने,‘निषेधाज्ञा अहिले पनि जारी छ तर कार्यान्वयन फितलो छ । आवश्यक सावधानी नपअनाएर संक्रमण कुन बेला अर्को रूप लिन्छ भन्न सक्ने अवस्था छैन,’ उनले अघि भने, ‘फेरि संक्रमण समुदायमा फैलिन सक्ने खतरा छ ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना नआउने उनको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले निषेधाज्ञा खुकुलो बनाउँदा मानिसहरु सचेत नभएर उल्टै लापरबाही गर्दा जोखिम बढेको बताए । उनले भने, ‘प्रहरीले र प्रशासनले मात्रै डण्डा लगाएर मास्क लगाऊ भने मात्रै गर्ने नत्र वास्ता नगर्ने परिपाटी देखियो,’ उनले अघि भने ‘संक्रमण फैलन नदिन सबैले आ–आफनो ठाँउबाट आफ्नो कर्तव्यको पालना गर्नुपर्छ ।’
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
hero news full width
मुख्य समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति
वैशाख ३, २०८१बजेटमाथि बहुवर्षे योजनाको चाप : दायित्व पौने १६ अर्ब
वैशाख ३, २०८१