Worldlink ads

उद्घोषण तथा क्षमता विकास तालिम

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७८
MC Training Photo

पोखरा । शुक्लागण्डकी नगरपालिका ३, पौवा प्रगतिटोलमा उद्घोषण तथा क्षमता विकाश तालिम सुरु भएको छ । टोलवासीको क्षमता तथा नेतृत्व विकासका लागि पौवा प्रगति टोल विकास संस्थाले तालिम सुरु गरेको हो ।
शनिबारदेखि सुरु तालिम ३ दिनसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष रामप्रसाद लम्सालले जानकारी दिए । टोलवासीले आफ्नो हकहितका निमित्त समूहमा आफ्नो आवाज उठाउन नसकेको भन्दै उनीहरुलाई सक्षम बनाउन तालिम आयोजना गरिएको उनले बताए ।
वडा अध्यक्ष रामकुमार श्रेष्ठले तालिमका लक्षित समूहको सफलताको कामना गरे । तालिमका लागि व्यक्तिगत रुपमा केही सहयोग गर्दै आगामी दिनमा टोलबासीका लागी जीवन उपयोगी तालिम सञ्चालन गरिने बताए । २२ प्रशिक्षार्थी सहभागी तालिमका प्रशिक्षक सञ्चारकर्मी गोविन्द थापा सिंजाली हुन् ।

Related News

सम्बन्धित समाचार

    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…
    • दशैं तिहारका लागि अग्रिम टिकट खुलाइने

      रासस असाेज १, २०७८
      काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको…
    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads