केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७८
kenpo

पोखरा । पोखराबाट केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । यसअघि जेठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ केन्दीय समिति अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिए ।

उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिने बताए ।

प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने उनले बताए । ‘जिल्लास्तरको प्रतियोगिता अहिले भइरहेको छ । सो प्रतियोगिता सकिएपश्चात् प्रदेशस्तरीय प्रतियोगिता गर्छौं । ७ वटै प्रदेशबाट छानिएका खेलाडीहरुले नेसनल च्याम्पिनसिपका लागि भिड्नेछन्’, उनले भने ।

अध्यक्ष पाण्डेले प्रतियोगितामा २० देखि ३० वर्ष उमेर समूहका महिला पुरुष खेलाडीको सहभागिता हुने बताए । उनका अनुसार प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद १ लाख रुपैयाँ र पदकसहित पुरस्कृत गरिनेछ । यस्तै उपविजेताले नगद २५ हजार रुपैयाँ र पदक प्राप्त गर्नेछ । करिब ३ सय खेलाडी क्लोज क्याम्पमा बसेर प्रशिक्षण लिइरहेको भनाइ उनको छ । १ स्थानीय निकायमा १ सय खेलाडी उत्पादन गर्ने गरी संघले आफ्नो गतिविधिलाई तीव्रता दिएको पाण्डेले बताए ।

उनले अहिलेसम्म राज्यबाट वा बाह्य संघसंस्थाबाट रकम लिएर आफूहरु परिचालित नभएको जानकारी गराए । संघमा आबद्ध भएका सदस्यमार्फत नै रकम उठाएर कार्यालय सञ्चालन गरिरहेको भनाइ उनको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा आबद्ध संस्था भएकाले आगामी दिनमा भने राज्यसँग पनि समन्वय गरी खेलकुदका गतिविधिलाई निरन्तरता दिने योजनामा संघ रहेको उनले बताए । केन्पो १ मार्सल आर्टभित्रकै खेल भएको पाण्डेले बताए । नेपालीको सान खुकुरीको प्रचारप्रसारमा टेवा पुर्‍याउन उक्त खेलमार्फत मद्दत पुग्ने विश्वास उनको छ ।

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको गठन भएको ४ वर्ष पुग्यो । संघका सचिव एवं प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले हालसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा संगठन बिस्तार गरिएको जानकारी गराए । प्रदेश मातहतका जिल्लामा समेत संगठन बिस्तार भएको र आगामी दिनमा ७७ वटै जिल्लामा संगठन बिस्तार गर्ने योजनामा संघ छ । गुरुङले नेपालका लागि केन्पो नयाँ खेल भएकाले अहिले आफूहरुले खेलाडी उत्पादनमा जोड दिएको बताए ।

नेपाल केन्पो खुकुरी मार्सल आटर्स केन्द्रीय संघको पोखरामा बसेको चौथो बिस्तारित बैठकले गण्डकी प्रदेशको नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु पुन, वरिष्ठ उपाध्यक्ष मनोज खड्का, उपाध्यक्ष तारा शर्मा, उपाध्यक्ष शान्तसिंह बस्नेत, उपाध्यक्षमा खेम गुरुङ, उपाध्यक्षमा हरिराज कोइराला, महासचिवमा सन्दीप कोइराला, सचिवमा, विष्णु पोखरेल, कोषाध्यक्षमा पुरुषोत्तम पौडेल र सदस्यमा दीपेन्द्र शर्मा, गोविन्द भुसाल, विष्णुहरि भुगाई, श्रीकृष्ण पौडेल, दिनेश केसी, बल बहादुर सुनार, दीपेन्द्र अधिकारी, ऋषि बस्नेत, मोहम्मद जुमार अलि रहने निर्णय गरेको छ । कानुनी सल्लाहकारमा कुञ्जनी परियारलाई राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width