Worldlink ads

फूलबारी क्लबमा हरिश्चन्द्र बास्तोला

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७८
fulbari club

पोखरा । फूलबारी क्लबको ३० औं वाषिक साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । पोखरा–११ फूलबारीस्थित क्लबको शनिबार भएको अधिवेशनले हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा मनोज बास्तोला उपाध्यक्ष, जनार्दन बास्तोला सचिव, गणेशबहादुर कार्की कोषाध्यक्ष र युवराज बास्तोला गान्धी सहसचिव छन् । सदस्यमा सावित्री पौडेल घिमिरे, सुमन बास्तोला, कपिल बास्तोला, गणेश बास्तोला, सविना बास्तोला आचार्य र रजनी पौडेल बास्तोलालाई चयन भए ।

वडाध्यक्ष मोहनप्रसाद बास्तोला, क्लबका निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोलाले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिए ।

निर्वाचन मण्डल संयोजक अधिवक्ता कमल थापाले नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । कार्यक्रम संयोजन वडा सदस्य जंंगबहादुर हमालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads