Worldlink ads

बेनी नगरपालिकामा कोभिडविरुद्धको खोपको विवरण विद्युतीय बनाउने नमुना परियोजना सुरु

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७८
beni pic all

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा कोभिडविरुद्धको खोपको विवरण विद्युतीय बनाउने नमुना परियोजना सुरु भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको अगुवाई तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा अभियानको सुरु भएको हो ।

अभियानले म्याग्दी जस्तो पहाडी जिल्लामा बसोबास गर्ने नागरिकलाई कोभिड बिरुद्धको खोपको सहज पहुँच पु¥याउन सहयोगी हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

गण्डकी प्रदेशमा नै बेनी नगरपालिकालाई अभियानका लागि छनौट गरेकोमा सबैलाई धन्यवाद समेत दिए ।

खोप रेकर्डलाई विद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत दिवाकर सापकोटाले नवीनतम प्रविधिको प्रयोगले नगरवासीलाई निकै सहयोग पुग्ने बताए । उनले कार्यक्रमको परिचय उद्देश्य लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा युएनडिपीका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले कोभिडविरुद्धको खोपको अभियानलाई सार्थक र सफल बनाउन अभियान सुरु गरिएको बताए । उनले सात वटै प्रदेशका एक÷एक पालिकामा यो अभियान शुरु भएको बताए ।

लुम्विनीको बुटवल उपमहानगरपालिकामा यसअघि नै यो अभियान शुरु भइसकेको जानकारी गराउँदै अर्यालले गण्डकी प्रदेशमा पनि यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।

आइटीको सम्बन्धमा जानकार समेत रहेका अर्यालले विद्युतीय कार्यक्रम सञ्चालन प्रक्रिया र नागरिकको सहज पहुँचका बारेमा जानकारी गराए ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, डब्लुएचओका डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत विजया पराजुली लगायतले कार्यक्रमको प्रभावकारिता तथा कार्यक्रम मार्फत कोभिडविरुद्धको खोप सञ्चालन गर्दा हुने सहजता तथा फाइदाका बारेमा आआफ्ना भनाई राखेका थिए ।

सो अवसरमा नगरपालिकाले यो नविनतम कार्यक्रमलाई देश मै उत्कृष्ट ढंगबाट सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads