पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७८

पाेखरा ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चालिसे गाउँका ३० जनालाई एकैपटक झाडापखाला लागेको छ। १४ गते स्थानीय एउटा घरमा पूजामा सहभागी भएर प्रसाद खाएका उनीहरू बिरामी परेका हुन्।

घरैपिच्छेका मानिसलाई झाडापखाला लागेपछि नगरपालिकाले शनिबार स्वास्थ्य टोली लगेर स्वास्थ्य परीक्षण गराएको छ। सबैलाई स्वास्थ्य चौकीसम्म लैजाने अवस्था नभएकाले गाउँमै स्वास्थ्यकर्मीसहितको टोली लगेर परीक्षण गरिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन्।

उनीहरू सबैलाई फुड प्वाइजन भएकाले खतरामुक्त रहेको उनको भनाइ छ। गम्भीर भएका तीनलाई जना मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको नेपालले जानकारी दिइन्। एकजना डाक्टरसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर स्वास्थ्य परीक्षण गराएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width