Worldlink ads

धौंलागिरि अस्पतालको एनआइसीयू अलपत्र

रासस
श्रावण १५, २०७८
baglung-folks-provide-health-and-safety-supplies-to-dhaulagiri-zonal-hospital

बलेवा । बजेट अभावले धौंलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो । विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।

“हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौँ, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ”, पोखरेलले भन्नुभयो, “छिमेकी जिल्लाका अस्पतालले रु तीन करोड पाउँदा धवलागिरिले रु ६० लाखमात्रै पाएको विषयमा खोजी भइरहेको छ ।”

कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ । एक वर्षअघि यस अस्पतालमा तीन शय्याको सघन उपचारकक्ष स्थापना भएको थियो ।

अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौँ तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना बताउनुहुन्छ । “हामी काम गर्न तयार छौँ र गरिरहेका छौँ, सरकार आश्वासन दिन्छ बजेट दिँदैन”, राना भन्नुन्छ, “धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।”

एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताउनुभयो । अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । बाढीपहिराका कारण सडक अवरुद्ध भएर काठमाडौं, पोखरा पुग्न नसक्दा बिनाउपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए । आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा पोखरेल बताउनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

    • आँधीदोभानमा ८ स्टिमरमा क्षति

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रालिअन्तर्गत सञ्चालित ती…
    • स्याङ्जाका १० पालिकामा मतदानबाट सभापति चयन

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो…
    • टिमुर खेती बिस्तारमा मन्त्री थापाको जोड

      रासस असाेज १२, २०७८
      पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यनवसायिक टिमुर खेती बिस्तार…
    • पोखराको सुन्दरतामा रमाए राजदूत

      विजय नेपाल असाेज ११, २०७८
      पोखरा । नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी सम्मिलित विशिष्ट पाहुनाको टोली पोखराको सुन्दरतामा रमाएको छ । गण्डकी…
    • नागरिकले अनुभूति गर्ने गरी सेवा दिन मुख्यमन्त्री पोखरेलकाे निर्देशन

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएका…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads