Worldlink ads

संक्रमित भेट्दै मनोबल बढाउँदै

सविन लामिछाने
श्रावण १५, २०७८
covid person

दमौली । हर्न बजाउँदै घर अगाडि स्कुटर आएपछि सेतै फुलेका पाका मानिस बाहिर निस्किए । केही साताअघि कोरोना संक्रमित उनी होम आइसोलेसनमा छन् । उनलाई सान्त्वना दिन २÷३ दिन फरकमा व्यास १०, सेवरकी सरिता बोटे त्यसरी स्कुटरमा आउने गर्छिन् ।
संक्रमितको अवस्थाबारे बुझ्दै सरिताले भनिन्, ‘अहिले केही चिजको समस्या त छैन नि ? केही आवश्यक परे भन्नु है । हामी छौं । डराउनु पदैन ।’
सान्त्वनाको स्वर सुनेपछि ती वृद्धको अनुहार अलिक उज्यालो भयो । भित्रैबाट राहत महसुस गरे । उनले भने, ‘अहिलेले समस्या छैन । ज्वरो हटेको छ । सायद अब छिट्टै निको हुन्छु होला ।’
सरिता यो घरमा धेरै पटक पुगिन् । उनलाई व्यास नगरपालिकाले होम आइसोलेसनमा बसेकालाई आवश्यक परामर्श दिन फोकल पर्सन तोकेको हो । उनी व्यास १० की कोभिड फोर्कलपर्सन हुन् । होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था बुझ्न जाँदा उनलाई नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले पनि सहयोग गर्दछ । टोलीले संक्रमितलाई सान्त्वनामात्र हैन, मास्क, सेनिटाइजर र पोषिलो खानेकुरा पनि दिने गरेको छ ।
सरिताले भनिन्, ‘कोभिड–१९ ले निम्त्याउने खतरा अवस्था त छँदैछ । तैपनि सामान्य लक्षण हुँदा संक्रमित भइसकेपछि मानिस आत्तिने गर्छन् । त्यसकारण यो कार्यक्रम प्रभावकारी बनेको छ । रेडक्रसले संक्रमितलाई पोषिलो खानेकुरा पनि दिने गरिन्छ ं।’
संक्रमितलाई सुप, एक बट्टा च्यावनप्रास, १५ दिनका लागि पुग्ने भिटामिन ‘सि’ र भिटामिन ‘बि’ उपलब्ध गराउने गरेको सरिताले जानकारी दिइन् । मास्क लगायत आवश्यक स्वास्थ्य सामग्री समेत दिने गर्दछ ।
ती वृद्ध भेटेपछि सरिता अर्का संक्रमित भेट्न बाटो लागिन्, हर्न बजाउँदै । उनले अर्को घरको बार्दलीमा एक महिलालाई एक्लै बसेको अवसथमा भेटिन् । हर्नको आवाज सुनेपछि संक्रमित ती महिलाले तल हेरिन् । मुसुक्क हाँस्दै सरिताले भनिन्, ‘ठिक छ नि, हजुरलाई ?’ महिलाबाट ‘हजुर, हजुर’ को जवाफ सुनेपछि ल नआत्तिनुहोला भन्दै सरिता अघि बढिन् । सरिता जस्तै व्यासका १४ वटै वडामा नगरपालिकाले कोभिड फोर्कलपर्सन खटाएको छ । नगरभित्र हाल १ सय ५२ जना सक्रिय कोरोना संक्रमित छन् । तीमध्ये १ सय ४२ जना होम आइसोलेसनमा छन् । उनीहरु सबैजसो नगरपालिकाले खटाएको स्वास्थ्यकर्मीको निगरानीमा छन् । नगरपालिकाले कोभिड फोर्कलपर्सनको सम्पर्क नम्बरसहित सार्वजनिक गरेर फिल्डमा पठाउने गरेको छ ।
दोस्रो लहरको कोभिड संक्रमितहरुको निको हुने दर बढेर गएको छ । तनहुँमा हालसम्म ५ हजार ५ सय ३४ जनामा संक्रमण पुष्टि भएकोमा ५ हजार २४ निको भइसकेका छन् । निको हुने दर ९० प्रतिशत छ । निको भएकामध्ये अधिकांश होम आइसोलेसन बस्नेहरु हुन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल ३ सय ९१ सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ७२ होम आइसोलेसनमा छन् । गम्भीर अवस्थाका बाहेक सामान्य अवस्थाका बिरामी होम आइसोलेसनमै बस्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads