Worldlink ads

हङकङ नेपाली गाइजको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
pokhara marathon

पोखरा । १५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवासबाट सहयोग प्राप्त भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा गत वैशाखमा सो प्रतियोगिता भएको थियो ।
पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका युवाको समूह पोखरेली हङकङ गाइज रामबजारले ४१ हजार ३ सय सहयोग प्रदान गरेको मञ्चका कावा अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । जसमा हङकङस्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर, हिमाल रानाले १ हजार हङकङ डलर, नयनसिंह गुरुङ (कान्छा) ले ५ सय हङकङ डलर, कृष्ण गुरुङले ३ सय ५० हङकङ डलर र दीपक गुरुङले ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको जानकारी मञ्च महासचिव खेम गुरुङले दिए । उक्त सहयोग रकम महासचिव गुरुङले पोखरेली हङकङ गाइजतर्फबाट कावा अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।
मञ्चका कावा अध्यक्ष पराजुलीले सहयोगका लागि पाखरेली हङकङ गाइजलाई आभार प्रकट गरेका छन् । विदेशमा बस्ने नेपालीले कोभिड १९ को यस्तो जोखिम बेलामा समेत पोखरा म्याराथनलाई माया गरी सहयोग गर्नु सह्रानीय रहेको भन्दै अब मञ्च १६ औं संस्करणको पोखरा म्याराथनको तयारीमा जुट्ने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, सहकोषाध्यक्ष महेश पौडेल, कार्यसमिति सदस्य तिलक केसी, हरिश्वर पराजुली, हरि वरुवाल, विश्व तन्डुकार, पुष्पा श्रेष्ठको समेत सहभागिता थियो । पोखरेली हङकङ गाइजले १४ औं संस्करणमा १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • स्पोर्ट्स क्यासल लगातार शीर्षमा

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा  । पोखरामा जारी ‘ए’ डिभिजन फुटसल लिगअन्तर्गत सोमबारको खेलमा फुटसल फाइभ, प्रभातफेरी र स्पोट्र्स क्यासल विजयी भए । पहिलो…
    • म भन्छु–‘गो राइनोज गो’

      विनोद लामिछाने असाेज ११, २०७८
      नेपाली क्रिकेट प्रेमीहरुले लामो समयदेखि धैर्यताका साथ प्रतीक्षा गरिरहेको एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करण शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको…
    • प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता

      आदर्श समाज सम्वाददाता असाेज १०, २०७८
      पोखरा  । बागलुङको विकट क्षेत्र बोबाङमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता भएको छ । ढोरपाटन ८, बोबाङमा पहिलो प्रदेशस्तरीय तथा दोस्रो बागलुङ…
    • लेकसाइड डोजाङद्वारा प्रमाणपत्र प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ९, २०७८
      पोखरा, ९ असोज । लेकसाइड डोजाङले आफ्ना प्रशिक्षार्थी हिना सुनारलाई पुम/डान सर्टिफिकेट प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित समारोहमा…
    • फुटसल लिग : रेफ्रीको निर्णयमा सबै क्लब असन्तुष्ट

      आदर्श समाज सम्वाददाता असाेज ९, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा जारी राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा क्लबहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्टि…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads