Worldlink ads

‘जनताको भावनाअनुसार काम गर्नू’

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
ramji baral minister 2

पोखरा । हेमजावासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई आग्रह गरेका छन् । बिहीबार हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा उनीहरुले मन्त्री बराललाई जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा अर्थमन्त्री बरालले आफू प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकता आधारमा र चुनावमा जनता सामु गरेका वाचा पूरा गर्ने बताए । निर्वाचनका बेला, निर्वाचन पश्चात र हाल पनि कम्युनिष्ट एक हुनु पर्छ भन्ने हेमजाबासीको सन्देशले आफूहरुलाई पनि बामएकता हुनुपर्ने पक्षमा रहेको उनले बताए ।
पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले नेपालका कम्युनिष्टहरु एक हुनु पर्ने बताए । पोखरा महानगरपालिकाले आफ्नो वडालाई सौतनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गरेको उनले गुनासो गरे ।
नेपाल कम्युनिष्ट पार्टी पोखरा २५ हेमजा कमिटीको संयोजनमा भएको कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्था र विभिन्न दलका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा नेता माधवशरण पौडेलले बताए । हेमजा लाम्पाटा, हेमजा सुइँखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समूह लगायतले स्थानीय रुपमा रहेको समस्या समाधान गर्न मन्त्रीसमक्ष आग्रह समेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    • आँधीदोभानमा ८ स्टिमरमा क्षति

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रालिअन्तर्गत सञ्चालित ती…
    • स्याङ्जाका १० पालिकामा मतदानबाट सभापति चयन

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो…
    • टिमुर खेती बिस्तारमा मन्त्री थापाको जोड

      रासस असाेज १२, २०७८
      पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यनवसायिक टिमुर खेती बिस्तार…
    • पोखराको सुन्दरतामा रमाए राजदूत

      विजय नेपाल असाेज ११, २०७८
      पोखरा । नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी सम्मिलित विशिष्ट पाहुनाको टोली पोखराको सुन्दरतामा रमाएको छ । गण्डकी…
    • नागरिकले अनुभूति गर्ने गरी सेवा दिन मुख्यमन्त्री पोखरेलकाे निर्देशन

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएका…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads