पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

धनबहादुर गुरुङ
श्रावण १४, २०७८
MMC 1

पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सिफारिस गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा, राखेप बोर्ड सदस्य राजेश गुरुङसहित सरोकारवाला निकायको छलफलले सो सिफारिस गर्ने निर्णय गरेको हो । छलफलमा रंगशाला के कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुनुका साथै मनाङलाई घरेलु मैदान रुपमा प्रमाणपत्र दिनेबारे राखेपलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
एन्फा अध्यक्ष शेर्पाले पोखरा रंगशालालाई होम ग्राउन्ड बनाउन सिफारिस केन्द्रमा पठाइसकिएको आदर्श समाजलाई जानकारी दिए । उनका अनुसार राखेपले क्लबलाई प्रमाणपत्र दिएपछि आधिकारिकता प्रदान हुनेछ । ‘एमएमसीको होम ग्राउन्ड पोखरामा हुने कुरा हो,’ उनले भने, ‘होम ग्राउन्ड भन्नाले पोखरा आएर म्याचमात्र खेल्ने हो ।’ होम ग्राउन्ड अनुमति पाएपछि मनाङले लिग, एएफसी लगायत होम ग्राउन्डमा खेल्नुपर्ने सबै खेल पोखरामा खेल्ने उनको तर्क थियो । मनाङले सहिद स्मारक लिगका खेलसहित अन्य खेल यहाँ खेल्नु पोखरेली खेलप्रेमीका लागि सुखद भएको शेर्पा बताउँछन् । ‘यो पोखरेलीका लागि सुवर्ण अवसर हो । निरन्तर हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,’ उनले भने, ‘यसरी उपत्यका बाहिर प्रतियोगिता हुँदा खेल पर्यटनको समेत राम्रो विकास हुनेछ ।’
राखेप बोर्ड सदस्य राजेश गुरुङले मनाङको पोखरा आगमनसँगै खेलकुद विकास साथसाथै यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । अन्य क्लबले आयोजना गर्ने प्रतियोगितामा असर नपर्ने गरी होम ग्राउन्डमा खेल खेल्ने उनको भनाइ छ । मनाङले रंगशाला उपभोग गरेवापत न्यूनतम शुल्क तिर्ने पनि उनले बताए । प्रतियोगिताभर हुने टुटफुट सम्बन्धमा क्लब नै जिम्मेवार हुने बताइएको छ । प्रतियोगितामा टिकटको व्यवस्था अनलाइन माध्यमबाट गरिने छलफल भएको गुरुङले बताए । ओलम्पिक भ्रमणमा रहेका राखेप सदस्य सचिव रमेशकुमार सिलवाल स्वदेश फर्किएपछि रंगशाला उपभोग गरेवापत क्लबले तिर्नुपर्ने न्युनतम शुल्कसहित घरेलु मैदानको प्रमाणपत्र हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।
मनाङ मस्र्याङ्दी पोखरा आउनु खेल, खेलाडी र खेल पर्यटन क्षेत्रका लागि सकारात्मक पक्ष रहेको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ बताउँन् । होम ग्राउन्ड विषयमा खेलकुद सम्बद्ध व्यक्तिको बुझाइ गलत रहेको उनले टिप्पणी गरे । होम ग्राउन्ड भन्ने बित्तिकै सबै क्ललाई दिने, अरु क्लब छिर्नैै नपाउने भन्ने जस्तो बुझेको उनले बताए । तर त्यसो नभई प्रशिक्षणका लागि अर्कै मैदान हुनेछ ।

राखेपले क्लबलाई प्रमाणपत्र दिएपछि आधिकारिकता प्रदान हुनेछ ।

स्थापनाकालदेखि काठमाडौंलाई आधार बनाएर घरेलु फुटबल खेलिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्न चाहनु आफैमा खुसद पक्ष हो । मनाङ जिल्ला गण्डकी प्रदेशमै पर्ने हुनाले क्लबले पोखरा रंगशाला आफ्ना लागि उपयुक्त ठानेको पाइन्छ । एएफसीको क्लब लाइसेन्सिङ पूरा गर्नसमेत काठमाडौंका क्लबलाई ढिलोचाँडो होम ग्राउन्डकै लागि मोफसल झर्नुपर्ने बाध्यता छ । उपत्यकामा धेरै ग्राउन्ड नभएका कारण पनि मोफसलमा रहेको ग्राउन्डलाई होम ग्राउन्ड बनाउनुपर्ने हुन्छ ।
मनाङ मस्र्याङ्दी फुटबल क्लबमात्रै नभै यो नदीको नामसँग जोडिएको छ । त्यसैकारण पोखरामा मनाङका फ्यान बाक्लै छन् । यो कुरा रंगशालामा हुने फुटबल प्रतियोगितामा दर्शकको उपस्थितिले पनि जनाउँछ । क्लब समर्थक पनि पोखरा रंगशालालाई मनाङले होम ग्राउन्ड बनाएको र खेलेको हेर्न आतुर छन् । मनाङको फ्यान क्लब मनाङ मस्र्याङ्दी क्लब फरेभरका पूर्व अध्यक्ष मनोज थापा पनि फुटबल खेल विकेन्द्रित हुँदा खेल क्षेत्रको छिटो विकास हुने तर्क राख्छन् । सधैं उपत्यकामा हुने खेल मोफसलमा हुँदा उपत्यका बाहिरका दर्शकले आफ्नो पायक पर्ने समयमा हेर्न जान भ्याउने उनको भनाइ छ । नेपाली फुटबल विकासका लागि प्रत्येक क्लबले उपत्यका बाहिर होम ग्राउन्ड बनाउन उचित रहेको उनी बताउँछन् ।
क्लबले पोखरा रंगशालामा क्याराभान गोल्डकपदेखि १९ औं आहा रारा गोल्डकपसँगै मनकामना गोल्डकपमा राम्रै इतिहास रचेको छ । पोखरामा हुँदै आएका २ ठूला फुटबल प्रतियोगिताको उपाधिमा राज गरिरहेको क्लबका राम्रै समर्थक छन् । पोखरा रंगशालालाई होम ग्राउन्ड बनाउने लक्ष्यसहित क्लबले पोखरामा एकेडेमी पनि सञ्चालन गर्ने भएको छ । फुटबल एकेडेमी सञ्चालनमा मनाङले पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग पनि ६ वर्षका लागि सम्झौता गरेको छ । पोखरामा एक कार्यक्रमबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
मनाङका उपाध्यक्ष कर्माछिरिङ गुरुङ र विद्यालय प्रिन्सिपल कमल गुरुङ र एन्फातर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटी अध्यक्ष उपेन्द्रमान सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुने छन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् ।
योसँगै मनाङ एकेडेमी सञ्चालन गर्ने विभाग बाहिरको चौथो क्लब बनेको छ । यसअघि विभागीय क्लब त्रिभुवन आर्मी, एपिएफ , पुलिस क्लब तथा संकटा क्लब, न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी सञ्चालनका लागि सम्झौता गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width