पोखरा । राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले पद थमौतीका लागि दर्ता गराएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । थापाले आफ्नो पद कायम रहने गरी असार ६ मा निवेदन दर्ता गराउँदै अन्तरिम आदेश मागेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने कारण नरहेको फैसला गरेको हो । अन्तिम फैसला भने आउन बाँकी छ । पार्टी ह्वीप अनुसार कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग नगरेको भन्दै उनी पार्टीबाटै निष्कासित भएका हुन् ।
जनमोर्चाले बैशाख १२ मा संसदीय दलको बैठक बसेर तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार जनमोर्चाले आफ्ना तीनै जना सांसदलाई गुरुङको विपक्षमा मतदान गर्न ह्वीप जारी ग¥यो । बैशाख १५ गते अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो । मतदानको समयअघि जनमोर्चा सांसद खीमविक्रम शाही बेपत्ता भएको भन्दै सचेतक पियारी थापाको निवेदन आधारमा संसद बैठक स्थगित भयो । पछि शाही पोखराका एक अस्पतालको कोभिड वार्डमा भेटिएका थिए । बैशाख २७ मा सोही कार्यसूचीमा छलफल हुनुपूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले अघिल्लो दिनमै राजीनामा दिए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिन् । बैशाख २९ गते विपक्षी गठबन्धनलाई सरकार बनाउने प्रस्तावमा थापाले हस्ताक्षर गर्न मानेनन् । उनले आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाए । पत्र आधारमा विपक्षीले सरकार बनाउन सक्ने अवसर खेर गयो । जनमोर्चाले ह्वीप उल्लंघन गरेको आरोपमा थापालाई जनमोर्चाले पार्टी सदस्य समेत नरहने गरी जेठ २० मा कारबाही ग¥यो । कारबाही गर्न नपाइने भन्दै उनले भोलिपल्टै सर्वोच्च गुहारे ।
जेठ २३ मा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले पुरानो निर्णय नयाँ घटनासँग जोडेर सोही ह्वीप लागु हुन नसक्ने भन्दै उनको कारबाही तत्काल फुकुवा गर्न र पुरानै पदीय काम गर्न दिन आदेश पठायो । जनमोर्चाले भ्याकेट दर्ता गरायो । भ्याकेट उपर सर्वोच्चले कारबाहीलाई सदर गरिदियो । उनीमाथि जेठ २९ मा दोस्रो पटक ह्वीप उल्लंघन गरेकै आरोपमा कारबाही भयो । थापा तत्कालीन मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा तटस्थ बसेका थिए । जेठ २९ मा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धनले ३१ मत पु¥याएर सरकारको दाबी पेस गर्दा थापा कारबाहीमा परिसकेका थिए ।
पार्टीको ह्वीप उल्लंघन नगरेको भन्दै उनी असार ६ मा सर्वोच्च पुगेका हुन् । ‘गुरुङलाई भोट नहाल्नु भनेको थियो, मैले हालिनँ । ह्वीप कसरी उल्लंघन भयो ?,’ उनले भने, ‘जानाजान कांग्रेसलाई सरकार बनाउने पक्षमा मतदान गर्न कसरी सक्छु ? जस्तोसुकै कारबाही भोग्न पनि तयार भएर मैले त्यस्तो निर्णय लिएको हुँ ।’ जनमोर्चाले गुरुङको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुन ह्वीप जारी गरेको थियो ।
११ पटकसम्म पेसी
अन्तरिम आदेश मागेर रिट हालेका थापाको मुद्दामा १ महिनामै ११ पटक पेसी सारेर निर्णय दिइएको छ । ‘११ वटा पेसीपछि अन्तरिम आदेश दिएको रेकर्ड सायद पहिले छैन होला । एउटा मान्छे, सांसद पद बचाइदिन अन्तरिम आदेश माग्दा ११ वटा पेसी सार्नु अनौठो भएन र ?’ उनले भने, ‘अदालत कस्तो रहेछ भन्ने त्यहिँ थाहा भैहाल्यो । अहिले सबैतिर कम्फरटेवल छ । अन्तरिम आदेशले फैसला पनि छर्लङ्गै भो ।’ थापाका अनुसार असार ७ का लागि पहिलो पेसी तोकिएको थियो । त्यसपछि असार ११, १४, १६, २४, २७, २९ र ३१ गतेका लागि सारियो । असारमा फैसला नभएपछि साउन ७ मा र त्यसबाट पनि सारेर साउन १३ पुर्याइएकाे थियो । अन्तरिम आदेशको माग निवेदन खारेज भए पनि कारबाही नै खारेज हुनुपर्ने मागको मुद्दा भने विचाराधीन छ ।
अन्तरिम आदेश मागेर रिट हालेका थापाको मुद्दामा १ महिनामै ११ पटक पेसी सारेर निर्णय दिइएको छ । ‘११ वटा पेसीपछि अन्तरिम आदेश दिएको रेकर्ड सायद पहिले छैन होला । एउटा मान्छे, सांसद पद बचाइदिन अन्तरिम आदेश माग्दा ११ वटा पेसी सार्नु अनौठो भएन र ?’ उनले भने, ‘अदालत कस्तो रहेछ भन्ने त्यहिँ थाहा भैहाल्यो । अहिले सबैतिर कम्फरटेवल छ । अन्तरिम आदेशले फैसला पनि छर्लङ्गै भो ।’ थापाका अनुसार असार ७ का लागि पहिलो पेसी तोकिएको थियो । त्यसपछि असार ११, १४, १६, २४, २७, २९ र ३१ गतेका लागि सारियो । असारमा फैसला नभएपछि साउन ७ मा र त्यसबाट पनि सारेर साउन १३ पुर्याइएको थियो । अन्तरिम आदेशको माग निवेदन खारेज भए पनि कारबाही नै खारेज हुनुपर्ने मागको मुद्दा भने विचाराधीन छ ।
Related News
सम्बन्धित समाचार
पोखराको काहुँडाँडामा भीषण आगलागी
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
hero news full width
मुख्य समाचार
सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०दीपक मनाङेले त्यागे दलीय आबद्धता, गण्डकीको राजनीतिमा नयाँ तरंग
चैत्र ४, २०८०प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री पाण्डेले सँगै कम्मर मर्काउँदा
चैत्र ४, २०८०