गण्डकीमा थप ८ संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनयता प्रदेशमा संक्रमित संख्या बढ्नुका साथै मृत्युदर समेत बढ्दो छ । मंगलबार प्रदेशमा ४ जनाले ज्यान गुमाएका थिए । बिहीबार कास्कीका ४, स्याङ्जाका २, बागलुङ र नवलपुरका १/१ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।

कास्कीको रूपा गाउँपालिका ४ की ५४ वर्षीया महिलाको संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । पोखरा ३३ की ८६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा ८ का ७० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा र पोखरा १७ का ७९ वर्षीय पुरूषको फेवासिटी अस्पतालमा मृत्यु भएको हो । स्याङ्जा विरूवा गाउँपालिका–२ की ६० वर्षीया पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा,फेदीखोला गाउँपालिका १ का ३६ वर्षीय पुरूषको मेडिप्लस अस्पतालमा, बागलुङ नगरपालिका १ का ८६ वर्षीय पुरूषको धौलागिरी अस्पतालमा मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका ८ की ७० वर्षीया महिलाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको छ ।

योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७४ पुगेको छ । नेपालभर थप ३३ जनासहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमित हुनेको संख्या समेत बढ्दो छ । गण्डकीमा बुधबार थप ६ सय २५ जना संक्रमित भए । मंगलबार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिनको तुलनामा बुधबार ६६ जना बढी संक्रमित फेला परेका हुन् । कास्कीमा २ सय ५५, नवलपुरमा ७७, बागलुङमा ६३, तनहुँमा ६० र स्याङ्जामा ५० जना संक्रमित भएका छन् । यसैगरी गोरखामा ४७, म्याग्दीमा ३२, पर्वतमा २१ र लमजुङमा २० जना संक्रमित थपिएका हुन् । मनाङ र मुस्ताङमा संक्रमितको संख्या शून्य छ । प्रदेशमा कोरोनाको सक्रिय संक्रमित ३ हजार ८ सय ४५ पुगेको छ ।

प्रदेशमा बुधबार ३ सय ७६ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ६१ हजार ३ सय ७० पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भए । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

बुधबार देशभर थप २ हजार ६ सय ३४ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९ सय २२ परीक्षणबाट १ हजार २ सय ६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८ सय ८ परीक्षणमा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width