ट्राफिक कार्यालयको सूचना सम्प्रेषण अभियान

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
Traffice Photo

पोखरा । जिल्ला ट्राफिक कार्यालय, कास्कीले सूचना सम्प्रेषण अभियान सुरुआत गरेको छ । कोरोना नियन्त्रण र सवारी दुर्घटना कम गर्न कार्यालयले मंगलबारदेखि सो अभियान सुरु गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले पिएसए (पब्लिक सर्भिस अवारनेस) सुरुआत गरिएको जानकारी दिए । चालक, सहचालक र यात्रुको हितका लागि बनाइएको अडियो सामाग्री तयार पारिएको उनको भनाइ छ ।
कोरोना र सवारी दुर्घटनाका लागि तयार सामग्री प्रत्येक बसमा बजाउन लगाइने कार्यालय प्रवक्ता प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । सूचनामूलक सामग्री पोखराबाट छुट्ने प्रत्येक लामो दूरीको बसमा पेन ड्राइभमा दिइने प्रवक्ता अधिकारीको भनाइ थियो । ‘यो अभियान पोखराबाट सुरु भएको छ । हामीले पेनड्राइभमा हालेर बसका सहचालकलाई त दिन्छौं नै,’ उनले भने, ‘कास्कीका प्रत्येक टिकट काउण्टरमा नियमित बजाउन अनुरोध गरेका छौं ।’ सूचनामा कोभिड नियन्त्रण उपाय साथमा सवारी दुर्घटना न्यूनीकरणका सूचना समावेश छन् । जसले गर्दा कोरोनासँगै सवारी दुर्घटना कम हुने उनको विश्वास थियो । ‘हामीले सम्प्रेषण गर्ने सूचनामा कोरोना नियन्त्रणका उपाय पनि समावेश गरेका छौं,’ उनले भने, ‘कोरोनासँगै टिकट अनिवार्य, ६/६ घण्टामा चालक परिवर्तन गर्ने, चालकले मादकपदार्थ सेवन गरे नगरेको चेक गर्ने जस्ता विषय समेटेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width