गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख फेरिए, गण्डकीमा चितवनका पृथ्वीमान गुरूङ

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७८
cabinet – deuba

पाेखरा । सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पुथ्वीमान गुरूङलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो।

गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width