अम्बिका शिशु पोषण अक्षयकोष हस्तान्तरण

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७८
ambika ma ve progrem photo

हेमजा । अम्बिका मावि, सुइँखेतअन्र्तगत समितिमातहत रहेको शिशु पोषण अक्षयकोष आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । कोषका संस्थापक अध्यक्ष नेत्रपाणि भण्डारीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास भण्डारी, प्रधानाध्यापक ओमप्रसाद पौडेल लगायतलाई सो कोषको सम्पूर्ण अभिलेख हस्तान्तरण गरे । विद्यालयका शिक्षक भण्डारी आइतबारदेखि निवृत्त भएका हुन् । सो कोषमा हाल २१ लाख १५ हजार छ ।
२०७१ पुस २९ मा विद्यालय वार्षिकोत्सव अवसरमा कोष स्थापना गरिएको हो । स्थापनाकै दिनमा करिब साढे २ लाख बढी संकलन भएको थियो । कोषमार्फत शिशुदेखि कक्षा ५ सम्ममा विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ । खाजा कार्यक्रम सञ्चालनसँगै तत्कालीन समयदेखि नै विद्यार्थी संख्यामा वृद्घि हुँदै आएको छ । विद्यार्थी अभावका कारण झण्डै बन्द हुने अवस्थामा पुगेको सो विद्यालय कोषको अवधारणासँगै जुझारु रुपमा अगाडि बढेको पाइन्छ ।
कोषमा १ सय ४ जना संस्थापक र अन्य पछिका ३५ सदस्य छन् । जसमा निवृत्त शिक्षक तथा कोषका संस्थापक अध्यक्ष नेत्रपाणि भण्डारीले भत्ता स्वरुप पाइने तलबको २० प्रतिशत रकम जम्मा गर्दै आएका छन् ।
विद्यालय अध्यक्ष भण्डारीले विद्यालय सञ्चालनमा कोषको महत्वमाथि चर्चा गर्दै कोष स्थापना लगायत विद्यालयका सम्पूर्ण गतिविधिमा शिक्षक भण्डारीको योगदान उल्लेख्य रहँदै आएको स्मरण गरे । पछिल्लो पटक विद्यालयमा सञ्चालित महायज्ञमार्फत जग्गा व्यवस्थापन गर्न र प्राविधिक धार सञ्चालनमा पनि भण्डारीको योगदान अविष्मरणीय रहेको उनको ठहर छ ।
प्रअ पौडेलले अम्बिकालाई नमुना विद्यालय बनाउन शिक्षक भण्डारीले विभिन्न सपना देखेको औँल्याउँदै ती सपना पूरा हुने क्रममा रहेको बताए । शिशु पोषण अक्षयकोष पनि भण्डारीकै सोचको उपज भएको प्रअ पौडेलले स्पष्ट पारे ।
कोषका संस्थापक अध्यक्ष तथा निवृत्त शिक्षक भण्डारीले आफूले विद्यालय प्रगतिका लागि असम्भव सपना देखे पनि सरोकारवाला सबैको सहयोगबाट सम्भव भएको औल्याए । कोष स्थापनामा तत्कालीन प्रअ हरिकुमार श्रेष्ठ, विद्यालयका अध्यक्ष केदारनाथ अधिकारी, मित्रलाल पौडेल, चन्द्रमा पौडेल, ठाकुरप्रसाद पौडेल, पूर्णलाल भण्डारी, शेषमणि पौडेल लगायतको बदलिँदो परिस्थितिमा कोष सञ्चालनको प्रभावकारी अझै बढाउनुपर्ने, कोषका संस्थापकलाई प्रमाणपत्र दिनुपर्ने लगायत सुझाव राखे ।
विद्यालयमा हाल कक्षा १ देखि १२ सञ्चालित छ । जसमध्ये ९ देखि १२ प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरिएको छ । यहाँ कुल ५ सय बढी विद्यार्थी रहेकोमा प्राविधिक धारतर्फ ७४ जना छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width