नेपाल सांस्कृतिक संघ गण्डकी समन्वय समिति गठन

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७८
Nepal Sanskritik Photo

पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ गण्डकी प्रदेश समन्वय समिति गठन भएको छ । सोमबार बुद्धिबहादुर राना (कुमार) को संयोजक रहेको ९ सदस्यीय समिति बनाइएको हो । सहसंयोजक कृष्णकुमार गुरुङ, सचिव चोलेन्द्र पौडेल, कोषाध्यक्ष सीता केसी छन् । सदस्यहरु शुभराम भारी, हरि सुवेदी, बन खाती, डाल्डादेवी भुजेल र रिया गुरुङ चयन भए ।
संस्थाको दोस्रो अधिवेशनबाट कार्यसमितिले पूर्णता पाउन सकेको थिएन । प्रदेश स्तरीय समिति नबनेपछि कार्य सम्पादनको लागि यो समिति गठन गरिएको सहसंयोजक कृष्णकुमार गुरुङले जानकारी दिए । नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै कला संस्कृति, साहित्य एवं ललितकलामा लागेका स्रष्टा सर्जकहरु एकताबद्ध भएर संस्था स्थापना गरेका हुन् ।
गण्डकी प्रदेश सरकार, नेपाली कांग्रेस र सामाजिक संघसंस्थासँग समन्वय गरी कार्य सम्पादन गर्ने उद्देश्यले पोखरामा समिति गठन भएको हो । सोमबारको भेलाले कांग्रेसको केन्द्रीय महाधिवेशन लगत्तै प्रदेश स्तरीय सांस्कृतिक सम्मेलन, जिल्लागत प्रशिक्षण कार्यक्रम र प्रचार सामग्री निर्माण गर्ने निर्णय गरेको सहसंयोजक गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width