मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७८
muktinath

पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकले १ सय रुपैयाँ मात्र न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्ने छन् । सो बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशत दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशुल्क मोबाइल बैंकिङ तथा निशुल्क इन्टरनेट बैंकिङ सेवासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने जनाइएको छ । सो खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले डिजिटल कारोबार्र प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ लगायत सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width