पोखरामा युवतीको शव फेला

रासस
श्रावण ११, २०७८
momentsbeforedeath

पोखरा । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५। ३० वर्षीया युवतीको शव भेटिएको हो ।

उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width