गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७८
mantri adhikari visit

नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आर्युुबेदिक कार्यालयहरुको अनुमगन तथा निरीक्षण गरेकी छन् ।
उनले अब जिल्लामा रहेका स्वास्थ्य सस्थाहरुले उपचार क्षमता बृद्धि गर्ने आवश्यक रहेको बताइन् । जनताको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नेदेखि लिएर विषेशज्ञ सेवा प्रवाहमा जोड दिन सरकार लागिरहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले जिल्लाको मध्यबिन्दु अस्पतालको भ्रमणका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप चुस्त बनाउन आग्रह गरिन् ।
मन्त्री अधिकारीले उपचाररत बिरामीहरुकोे अवस्था, उपचार प्रक्रियाका बारेमा पनि उनले वार्डमै पुगेर चासो दिइन् । भौगोलिक अवस्था, जनसंख्याको आधार र विकासको सूचाकंलाई मानेर नै समावेशी विकासको मोडलनै अहिलेको उत्तम मोडल भएको मन्त्री अधिकारीको भनाइ थियो । मध्यबिन्दु अस्पतालमा बन्दै गरेको नयाँ भवन, अक्सिजन प्लान्ट, कर्मचारीको अवस्थाका बारेमा उनले जानकारी लिइन् ।
मन्त्री अधिकारीले कोल्हुवामा रहेको स्वास्थ्य कार्यालय, नवलपरासी पूर्वमा पुगेर कार्यालयको अवस्थाको बारेमा जानकारी लिइन् । कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले कार्यालयको भौतिक संरचना र्निमाण गर्न आवस्यक रहेको बताए । जिल्लामा जनसंख्याको आधारमा सेवा प्रवाह गर्ने स्वास्थ्य सेवा दिने कार्यालय एकदम कम भएको चापागाईंले जानकारी दिए ।
जिल्लामा अहिले पनि २५ प्रतिशत बालविवाह, गर्भपतन पनि अनियन्त्रित रहेको उनको भनाइ थियो । यो अवस्थालाई नियन्त्रणमा ल्याउन आवस्यक रहेकोमा उनले जोड दिए ।
आरुङखोलासिथत जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका पनि उनले सो क्रममा अनुगमन गर्नु भयो । मन्त्री अधिकारीले जंगलमा खेर गएका जडिबुटीलाई संकलन, भण्डारण, प्रशोधन गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने बारे मन्त्रालयले आवस्यक गृहकार्य सुरु गर्ने बताइन् । कार्यालय प्रमुख डा. सुजाता शर्माले कार्यालयको अवस्थाको बारेमा मन्त्रीलाई जानकारी गराइन् ।
नवलपुरमै रहेको प्रदेशकै नमुना प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा पनि मन्त्री अधिकारीले भ्रमण गरिन् । क्रममा त्यहाँ उपचाररत गण्डकी प्रदेशको प्रदेशसभा सदस्य प्रभा कोइरालाको स्वास्थ्य अबस्थाको बारेमा उनले जानकारी लिइन् । रजहरलाई प्राकृतिक चिकित्साको हब बनाउन उनले जोड दिइन् । प्रदेशको गौरवका रुपमा रजहरको प्राकृतिक चिकित्सालय अगाडि आउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
भ्रमणको क्रममा जिल्लामा रहेका पार्टी कार्यकर्ता, शुभचिन्तक, जनयुद्धका पुराना कार्यकर्तासँग पनि उनले भेटघाट गरिन् । माओवादी जनयुद्धमा लागेको पुराना कार्यकर्ताहरुले घाइते, अपांगको उपचारका बारेमा गरिएको निर्णयको प्रशंसा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width