एन्टिजेन परीक्षण तथा सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७८
lions news 11

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र बेगनास ताल नगरीको संयुक्त आयोजना पिसिआर नमुना संकलन, एन्टिजेन परीक्षण तथा सचेतना कार्यक्रम भएको छ । पब्लिक हेल्थ ल्याब्रोटरी गण्डकी प्रदेशको प्राविधिक सहयोगमा शनिबार बेगनास पिप्लेमा भएको हो ।
कार्यक्रममा प्रमुख डिपार्टमेन्टको चिफ वासुदेव कोइरालाले संक्रमित बिरामीलाई ल्याब टेस्ट सामग्री हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । उनले विषम परिस्थितिमा पनि क्लबले घर आँगनमै दिएको सुविधा मानव सेवाको उदाहरण भएको बताउँदै खुसी व्यक्त गरे ।
रिजन १ का रिजन चियरपर्सन सागर लामिछाने, पोखरा २७ का जनस्वास्थ्य निर्देशक जीवा शर्मा स्थानीय प्रतिनिधि कृष्ण तिमिल्सिनालगायतले शुभकामना व्यक्त गरे । क्लब अध्यक्ष वसन्तराज कोइराला अध्यक्षता भएको कार्यक्रममा स्वागत बेगनास तालनगरीका अध्यक्ष प्रभा भुजेल गरेकी थिइन् ।
संक्रमित क्षेत्रमा गएर पिसिआर, एन्टिजेन परीक्षण तथा सचेतना कार्यक्रममा ५० जना स्थानीयको पिसिआर नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । यस्तै, ३० जनाको एन्टिजेन परीक्षणसहित ८० जनाको परीक्षण गरिएको कार्यक्रम संयोजक सूर्यप्रसाद पोख्रेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width