होटल संघ र एनालग इन्कबीच सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७८
MoU

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा र काठमाडौंको गौशालामा कार्यालय रहेको एनालग इन्क प्रालिबीच शनिबार सम्झौता भएको छ । पोखरामा अयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र इन्कका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले हस्ताक्षर गरी सम्झौतापत्र साटासाट गरेका थिए । कोभिड १९ बाट थला परेको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रवद्र्धन गरी पूर्ववत अवस्थामा फर्काउने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौता अनुसार इन्कले संघसँगको सहकार्यमा संस्थाका सदस्य होटलहरुलाई २० प्रतिशत छुटमा डिजिटल माध्यमबाट बजारीकरणमा सघाउने जनाइएको छ । कोभिड महामारीको अवस्थामा पनि इन्टरनेटका माध्यमबाट पोखराका होटलहरुमा सेवा सहज बुकिङ गर्न सकिने वेबमा आधारित प्रणाली इन्कले विकास गर्नेछ । संघको वेबसाइटको रि–डिजाइन, वेब सेवामा आधारित रही होटलहरुको डिजिटल ब्रान्डिङ, सोसल मिडिया र सूचना प्रविधिसँग सम्बन्धित सेवाहरुसमेत इन्कले प्रदान गर्ने संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । संघसँगको रणनीतिक साझेदारीले पर्यटन क्षेत्र, व्यवसायी र इन्कलाई समेत लाभ हुने विश्वास इन्कका प्रमुख कार्यकारी अधिकृत अग्रवालले व्यक्त गरे ।
कोभिड १९ का कारण अर्थतन्त्र, दैनिकी, सार्वजनिक सेवा र विविध अवसरहरुका अतिरिक्त पर्यटन क्षेत्रसमेत प्रभावित भएको भन्दै इन्कले डिजिटल बजारीकरणले यस्तो अवस्थालाई सकात्मक दिशा दिन सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ । कोभिडका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय रुपमा हुने आवागमनमा न्यूनता आउँदा पोखराको पर्यटन क्षेत्रको सम्पर्क अन्तर्राष्ट्रिय पर्यटन बजारसँग टुटेजस्तै भएको र होटल क्षेत्रका धेरै बुकिङसमेत रद्द भएको अवस्था विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width