Worldlink ads

२ हजार २३७ सङ्क्रमित थपिए

रासस
श्रावण १०, २०७८
Corona Banner

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३७ सङ्क्रमित थपिएका छन् भने दुई हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १० हजार ५६९ लाई पिसीआर र तीन हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नै १८ को कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । छम्बीस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा पाँच हजार ६१६, ललितपुर एक हजार ८९ र भक्तपुरमा ९१० सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म देशभरमा गरी ३५ लाख ३९ हजार ८३ जनाको पिसीआर र दुई लाख ८९ हजार ७२९ को एन्टिजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ८० हजार ५५६ देखिएका छन् । हालसम्म सङ्क्रमितमध्ये छ लाख ४३ हजार ६१५ लाई निको भएको छ । सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव छ प्रतिशत रहेको छ । हालसम्म नौ हजार ७१३ को मृत्यु भएको छ ।

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ८३ हजार ३८ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख ९८ हजार १७८ रहेको छ । सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३३ प्रतिशत र महिला ३९ दशमलव ६७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • घट्यो कोरोना संक्रमण

      रासस असाेज १०, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो…
    • देशभर एक हजार २३९ सङ्क्रमित

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…
    • १,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त

      रासस असाेज १, २०७८
      काठमाडौं । विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक…
    • २४ घण्टामा १५११ सङ्क्रमित थपिए

      रासस भाद्र ३१, २०७८
      काठमाडौं । आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको…
    • १,७६० सङ्क्रमित थपिए, १,२२० सङ्क्रमण मुक्त

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads