युवा संघको प्रदेश कार्यालय नयाँबजारमा

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
Yuba Sangh Gandaki Photo

पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ ।
शनिबार युवा संघले पहिलोपल्ट प्रदेश स्तरको कार्यालय पोखरामा खोलेको हो । कार्यालयको नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । गुरुङले युवा परिचालन, संगठन निर्माण र व्यवस्थापन गरी मातृ पार्टीलाई स्थापित गर्न लाग्न निर्देशन दिए ।
हरेक राजनीतिक आन्दोलनमा युवा अग्रमोर्चामा खटिएको उल्लेख गर्दैे नेकपा (एमाले) गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका गुरुङले देशको युगान्तकारी परिवर्तनमा युवाको उल्लेखनीय योगदान रहेको चर्चा गरे । कार्यक्रममा गुरुङले गण्डकी प्रदेश सरकारले कांग्रेसका जिल्ला सभापतिलाई बोलाएर १६ करोड रुपैयाँ रकमान्तर गरेको दाबी गरे । सबै युवालाई संगठित गर्दै पार्टीको नीति तथा योजनालाई जनतासमक्ष पुर्‍याउन एमाले कास्की अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले निर्देशन दिए । संगठनलाई चुस्त, दुरुस्त र गतिशील बनाएर आम युवाको आसा र भरोसाको केन्द्र बनाउन राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सुझाव दिए ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङले गण्डकी प्रदेशमा १५ हजार युवालाई संगठित गरेर युवा संघलाई सशक्त बनाउने घोषणा गरे । कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्यहरु हरि लम्साल र विकास अधिकारी, युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर क्षेत्रीलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width