मादी सोंधाका बाढीपीडितलाई राहत

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
macow

पोखरा । गुरुङ समाज मकाउ चीनले मादी १, साेंधाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । असार पहिलो साता मादी नदीमा आएको बाढीले घर जग्गामा क्षति पुर्‍याएपछि सोंधाका ८ घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय दूधपोखरी माविको भवनमा आश्रय लिइरहेको छन् । बाढीले सोंधा, तप्राङ, थाक, छाकचोकका गरि करिब ४९ घरमा क्षति पुर्‍याएको थियो ।
प्रभावितलाई मकाउमा कार्यरत मादी गाउँपालिका र पोखरा १३ मा बसोबास गरि हाल मकाउमा कार्यरत युवाको पहलमा राहत जुटाउन प्रयत्न गरेपछि उक्त अभियानमा गुरुङ समाज मकाउले साथ दिँदा ३ लाख ५१ हजार बराबरको राहत सामग्री बाँड्न सफल भएको समाजका निवर्तमान अध्यक्ष राजेश गुरुङले बताए ।
समाजका अध्यक्ष लिलबहादुर गुरुङ (गोरे), सचिव भीम गुरुङ, मादी १ सोंधाका याम गुरुङ, टिकप्रसाद गुरुङ र नरेश गुरुङ, अमृत गुरुङको विशेष पहलमा उक्त रकम संकलन गरिएको हो ।
राहत वितरण कार्यक्रमलाई तमु समाज मकाउका सदस्य टिकप्रसाद गुरुङ, लेखबहादुर गुरुङ, खरजंग गुरुङ लगायत समन्वय गरेका थिए । कार्यक्रम व्यवस्थापन दूधपोखरी युवा क्लब सोंधाले गरेको हो ।
समाजले ४९ घरपरिवारलाई चामल, कम्बल, नुन, तेल, दाल, मास्क लगायत सामग्री वितरण गरेको छ । स्थानीय युवा क्लबलाई ३० हजार, आमा समूहलाई बाढीपीडित तथा बस्ती संरक्षण कोषमा रहने गरी १ लाख ५५ हजार आर्थिक सहयोगसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width