कांग्रेसको वडा अधिवेशन स्थगित

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
Congress Flag

पोखरा । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आसन्न १४ औं महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बसेको बैठकले साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता छानविन समिति संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुनेछ ।
कांग्रेस क्रियाशील सदस्यताको सूचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० भित्र तोकिएको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो ।
गाउँ–नगर वडा अधिवेशन गाउँ नगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width