गण्डकीमा २७७ निको, ४ को मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७७ जना निको भएका छन् । शुक्रबार ४ सय १० संक्रमणमुक्त भएकोमा शनिबार निको हुने घटेका हुन् । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ५९ हजार ९ सय १६ पुगेको छ ।
प्रदेशमा शनिबार ३ सय ३३ जना संक्रमित थपिए । सधैं कास्कीमा धेरै जना संक्रमित भेटिने गरेकोमा शनिबार नवलपुरमा बढी देखिए । त्यहाँ १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा १ सय १८, तनहुँमा ४१, गोरखामा २१, बागलुङमा ९, स्याङ्जामा ८, लमजुङमा ७, म्याग्दीमा ३ र पर्वतमा २ जना संक्रमित थपिए ।
योसँगै प्रदेशमा सक्रिय संक्रमित संख्या २ हजार ९ सय ८२ जना पुगेको छ । नेपालमा २ हजार ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय २५ पिसिआर परीक्षणमा शनिबार थप २ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १७ पुगेको छ ।
यस्तै, एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ८५ परीक्षणबाट ८ सय ५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ९ सय १० परीक्षणमा ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ रहेको छ ।
गण्डकी थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार स्याङ्जाका २ सहित कास्की र पर्वतका १÷१ जनाको ज्यान गएको हो । स्याङजा भीरकोट ७ का ६० वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भएको छ ।
पुतलीबजार १३ का ७६ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो । रूपा गाउँपालिका ६ का ६४ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार क्रममा ज्यान गएको हो । पर्वतको महाशिला ५ की ५३ वर्षीया महिलाका मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width