बम डिस्फोज

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
bam

कावासोती । कावासोती १४, कोल्टाँडी क्षेत्रको जंगलमा भेटिएको बम डिस्फोज गरिएको छ । किसानले स्याउला काट्ने क्रममा शनिबार बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नेपाली सेनाको कालीध्वज गणका बम डिस्फोजल टोलीले डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । बम जनयुद्धको बेला माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ । उक्त बम हेन्ड ग्रिनेट प्लाष्टिक बम हो ।

Related News

सम्बन्धित समाचार

hero news full width