जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट

रासस
श्रावण ९, २०७८
Mahantha-thakur-rajendra-mahato-laxman-lal-karna-and-sarbendra-nath-sukla

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

बिहीबार निर्वाचन आयोगले यही साउन ११ गते कार्यकारिणी समिति सदस्यलाई बोलाउने आदेश सुनाएपछि आज अध्यक्ष ठाकुरले उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

निर्वाचन आयोगले आधिकारिकताको विवादमा जसपाका कार्यकारिणी समिति सदस्यलाई परिचयपत्रको सक्कलप्रतिसहित उपस्थित हुन आदेश गरेको थियो । जसपामा भएका दुई अध्यक्ष उपेन्द्र यादव र ठाकुरमध्ये कार्यकारिणी समितिमा यादवको बहुमत देखिएको र अध्यक्ष ठाकुर पक्षको दाबी नै नपुग्ने देखिएपछि आफ्नो पार्टीको विभाजन र आधिकारिकताको निर्णय तत्काल रोक्न आदेशका माग गरिएको छ ।

रिट निवेदनमा आफूले कारबाही गरेपछि संशोधन गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्नेमा आयोगले हकदैया नै नभएको विषयवस्तुमा प्रवेश गरेको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width