दोर्दीवासीले भेटे स्वास्थ्यमन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
dordi news

लमजुङ । दोर्दी गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी, विभिन्न संस्थाको प्रतिनिधिसहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई भेट गरेको छ ।
भेटका क्रममा दोर्दी ३ का वडाध्यक्ष इन्द्रजित गुरुङले जिल्लाको सान बढाउने गरी काम गर्न र जनचाहना बुझेर योजना बनाउन मन्त्रीसमक्ष अनुरोध गरे । दोर्दीका जीत गुरुङले सबै नागरिकलाई सहज सेवा प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरे ।
सो अवसरमा मन्त्री अधिकारीले सुरक्षित सुत्केरी सेवादेखि नागरिकका सबैखाले स्वास्थ्य सेवाको गुणस्तरियता, भौतिक संरचनाको विकास गर्दै जाने बताइन् । अहिलेको अवस्थामा प्रदेशको महत्व, आवश्यकता र विकासबारे जनतामा बुझाउन स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ताको दायित्व देखा परेको उनको भनाइ थियो ।
प्रतिनिधि मण्डललले पालिकास्तरीय योजनाको माग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width