पोखरा–ढाका उडानबारे छलफल

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
pokhara dhaka sidha udan

पोखरा  । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले छलफल गरेका छन् । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनीहरुले सो विषयमा छलफल गरेका हुन् ।
पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ । विमानस्थल सञ्चालन आएलगत्तै दुई सहरबीच सिधा उडानले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु आकर्षित हुने गरेका छन् । हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने बताए ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने प्रतिबद्धता जनाए । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरु नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए ।
पोखरा पर्यटन परिषद् पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठी, परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले बोलेका थिए । छलफलमा बंगलादेशका ५ जना प्रतिनिधिको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width