घटेन सक्रिय संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा कोरोनाका २ हजार ९ सय ३० जना सक्रिय संक्रमित छन् । लकडाउन खुकुलोसँगै बजारमा चहलपहल बढ्दा सक्रिय संक्रमित बढ्न गएको छ भने दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ ।
गत साउन १ मा प्रदेशमा २ हजार ८ सय २१ संक्रमित थिए । एक हप्ताको तथ्यांक हेर्दा बिहीबारसम्म २ हजार ९ सय २२ जना पुगेका थिए । प्रदेशमा हालसम्म ६३ हजार १ सय ९५ जना संक्रमित भएका छन् । जसमध्ये ५९ हजार ६ सय ३९ जना निको भए । कास्कीमा १ हजार २ सय १० सहित नवलपुरमा ४ सय ७७, गोरखामा ३ सय ९, तनहुँमा २ सय २३, बागलुङमा २ सय १३ र स्याङ्जामा १ सय ९२ जना सक्रिय संक्रमित छन् । यसैगरी पर्वतमा १ सय ५५, लमजुङमा ६२, म्याग्दीमा ५६, मुस्ताङमा २३ र मनाङमा १० जना उपचाररत छन् ।
गण्डकीमा ४ सय १० जना संक्रमणमुक्त भएका छन् । बिहीबार ६ सय ५५ जनाले कोरोना जितेकोमा शुक्रबार केही संख्यामा घटेको हो । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ५९ हजार ६ सय ३९ जना पुगेका छन् । प्रदेशमा सबैभन्दा बढी कास्कीमा २४ हजार ७ जना र कम मनाङमा १ सय १४ जनाले संक्रमणमुक्त भएका छन् ।
प्रदेशमा थप ४ सय २० जना कोरोना संक्रमित भएका छन् । शुक्रबार १ हजार १ सय ७८ नमुना परीक्षण गर्दा ३५.६५ प्रतिशतमा पोजेटिभ देखिएको हो । कास्कीका १ सय ५७ सहित गोरखा र नवलपुरमा समान ५३, स्याङ्जामा ५० र बागलुङमा ४६ जना संक्रमित भएका हुन् । यसैगरी म्याग्दीमा १९, पर्वतमा १६, लमजुङमा १४ र तनहुँमा १२ जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा २ सय ३१ पुरुष र १ सय ७९ जना महिला कोरोना संक्रमित भएका हुन् ।
नेपालमा थप १ हजार ९ सय ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ पिसिआर परीक्षणमा शुक्रबार सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६ सय १० परीक्षणबाट ९ सय ९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ३०८ परीक्षणमा २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ छ ।
गण्डकीमा शुक्रबार कास्की र तनहुँका १–१ जना गरी २ जना संक्रमितले ज्यान गुमाएका छन् । पोखरा २५ की ७१ वर्षीया महिला र तनहुँको व्यास १ का ५९ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width