कर्मफ्लाइटस् फाउन्डेसनको आफन्तजन छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८
Kinship scholarships

पोखरा । कर्मफ्लाइटस् फाउन्डेसन नेपालले गोरखाका ५५ जना विद्यार्थीलाई यस शैक्षिक सत्र २०७८ को आफन्तजन छात्रवृत्ति वितरण गरेको छ ।
२०७२ सालको विनाशकारी महाभूकम्पको केन्द्रबिन्दु पश्चिमोत्तर गोरखाको सौरपानी स्वाँरा, मुच्चोक, सिम्जुङ, बारपाक, लाप्राक र गुम्दाका भूकम्पका कारण बुवा÷आमा÷आफन्तजन गुमाएर पढाइमा असर पुगेकामध्ये १ सय जना विद्यार्थीलाई विद्यालयको संरक्षणमा कर्मफ्लाइटस्को आफन्तजन छात्रवृत्ति परियोजना सञ्चालनमा छ ।
१० वर्षे यस आफन्तजन छात्रवृत्ति परियोजनाबाट ७ वर्षदेखि बारपाक सुलिकोट २,३ र ४ अजिंरकोट ४ र ५ वडाअन्तर्गतका विद्यालय तथा धार्चेको मणिकामदेवी मावि लाप्राक र सूर्योदय मावि गुम्दाका भूकम्पबाट अनाथ हुन पुगेका बालबालिकाको शिक्षादीक्षामा संस्थाले प्रतिविद्यार्थी १० हजारको दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयको संयोजन तथा तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाको समन्यवमा यो कार्यक्रम सञ्चालन गरिएको परियोजनाका परिकल्पनार संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
७ वर्ष अवधिमा ४३ जना विद्यार्थीले कक्षा १२ सम्मको अध्ययनले पूरा गरिरहेका छन् भने यस वर्ष ५७ विद्यार्थीले १० हजारको दरले शैक्षिक सामाग्री र नगद गरि प्राप्त गरेका छन् । यसपटक कोभिड १९ को जोखिम बन्दाबन्दी तथा मध्य वर्षातको बाढीपहिरो बावजुत संस्थाले सौरपानी र सिम्जुङ केन्द्र गरी २ स्थानबाट छात्रवृत्ति वितरण गरेको हिमालय माविका शिक्षक दिनेश तामाङले जानकारी दिए ।
वडा सदस्य जानुका पनेरुको प्रमु आतिथ्यमा छात्रवृत्ति वितरण गरिएको थियो । जसमा प्रतिविद्यार्थी ५ हजार बराबरको शैक्षिक सामाग्री सहित नगद २ हजार ५ सय प्रदान गरिएको थियो । बाँकी २ हजार ५ सय विद्यालयको अर्धवार्षिक परीक्षाको नतिजापछि प्रदान गरिने बताइएको छ ।
यसैबीच, गोरखा नगरपालिका ६ स्थित बाल मन्दिर माविमा आवासीय रुपमा बसी अध्ययन गर्ने २४ जना अनाथ बालबालिकाका लागि १४ हजार ७० बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको छ । विद्यालयमा विपन्न तथा अनाथ बालबालिकालाई भरणपोषण गर्न स्यायी रुपमा सहयोग गर्ने निकाय नभएकोले यस प्रकारको राहतले विद्यालयलाई ठूलो सहयोग पुगेको विद्यालय प्रअ शिवबहादुर थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width