गण्डकी सरकारले दियो प्रहरीलाई गाडी

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
police vehicle (2)

पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई १ बस र ४ वटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गरे ।

प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरलले सरकारको सफलता र असफलताको पहिलो शर्त नै शान्ति सुरक्षा र सुशासन रहेको बताए । उनले भने, ‘यी दुई कुरामा सरकार निर्भर छ, यदि शान्ति सुरक्षा र सुशासन दिन सक्यौं भने समृद्धि प्राप्ति हुन्छ ।’ यसका लागि प्रहरीले चुस्त दुरुस्त सेवा प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रहरीको काँधमा ठूलो जिम्मेवारी रहे पनि त्यस अनुसारको स्रोत साधन उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै प्रदेश सरकार यसमा सम्वेदनशील रहेको मुख्यमन्त्री पोखरेलले बताए । आफ्नो क्षमता अनुसार प्रदेशले प्रहरीलाई सहयोग गर्दै आएको र यसलाई निरन्तरन्ता दिने उनले जनाए । प्रहरी जति गतिशील रह्यो, उति नै शान्ति सुरक्षा महसुस हुने भएकाले गतिविधि बढाउन पनि उनले आग्रह गरे ।

प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारी र सुरक्षाकर्मीले प्रवाह गर्ने सेवामा सरकारको सफलता निर्भर हुने भएकाले त्यसै अनुसार अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘राजनीतिक संयन्त्रको सफलता कर्मचारीमा निर्भर हुन्छ ।’ सुरक्षा संयन्त्रका लागि बजेट कम भयो भन्ने गुनासोको सम्बोधन गर्दै उनले यसबारेमा आफूले अर्थमन्त्रालयसँग समन्वय गर्ने बताए ।

कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रहरीका भवन बनाउन, सवारी साधन उपलब्ध गराउन, खाटलगायत आवश्यक सामग्रीका लागि सरकारले लगानी गर्दै आएको बताए । प्रदेश प्रहरी तालिम केन्द्र, प्रहरी अस्पताल निर्माणका लागि रकम उपलब्ध गराएको उनले जानकारी गराए ।

प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले अपुग दरबन्दी, सीमित स्रोत साधनबीच पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताए । प्रदेशभर ७ हजार ४ सय ९४ दरबन्दी भए पनि ५ हजार ७ सय जना कार्यरत रहेको जानकारी उनले गराए । प्रहरीको तल्लो तहका युनिटका लागि भवन, गाडीलगायत अन्य सामग्रीको अभाव रहेको उनले सुनाए । पछिल्लो समयमा अपराधको प्रकृति फेरिएको भन्दै त्यसै अनुसार स्मार्ट पुलिसिङ अवधारणा अनुसार काम गर्न थालिएको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

    • सकिनै आँट्यो पोखरा रंगशाला

      धनबहादुर गुरुङ श्रावण १०, २०७८
      पोखरा । पोखरा रंगशाला निर्माण ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो…
    • जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । सादा जीवन उच्च…
    • पोखरेल सरकार पूर्ण

      आदर्श समाज सम्वाददाता श्रावण ८, २०७८
      पोखरा । गण्डकी सरकारले पूर्णता पाएको छ । ११ मन्त्रालय रहेको यहाँ शुक्रबार थप ६ जना मन्त्रीको नियुक्तिसहित कार्यविभाजन टुंगाइएको…
    • गण्डकीमा पार्टीबीच मन्त्रालय विवाद मिल्यो

      प्रकाश ढकाल श्रावण ८, २०७८
      पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको भागबण्डा मिलेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएको हो…
    • मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

      आदर्श समाज सम्वाददाता श्रावण ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads