मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
sankrakmak hospital 3

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता जनाए । अहिले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश सरकारले अध्ययन थालेको भन्दै उनले थप सुविधा दिएर भए पनि विशेषज्ञ चिकित्सक उपलब्ध गराइने बताए । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमुना बनाउने प्रतिबद्धता जनाइन् ।

गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको समर्पणका कारण यो सम्भव भएको हो, उपचारभन्दा पनि व्यवहारका कारण रोग निको भएको हो ।’

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको बताए । गत आर्थिक वर्षमा ८ सय २१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी उनले गराए । आइसियु, एचडियु, आइसोलेसन, प्रयोगशाला सञ्चालन गरी बिरामीलाई सेवा दिएकामा अहिले अक्सिजन प्लान्ट पनि जडान भइसकेको उनले बताए । उनले अस्पतालमा ल्याब टेक्निससियन, रेडियोग्राफर, विशेषज्ञ चिकित्सक टिकाउन प्रदेश सरकारले विशेष व्यवस्था गर्न आग्रह गरे । अस्पताल सञ्चालक समिति अध्यक्ष मेजर रामप्रसाद गुरुङले महायज्ञबाट जग्गा प्राप्त गरी लायन्स अस्पताल सञ्चालन भएकामा अहिले प्रदेश सरकारको स्वामित्वमा गएको बताए ।

३ चैत २०७६ मा प्रदेश सरकारले निर्णय गरी २०७७ साउनमा प्रदेश सरकारले स्वामित्व लिएको हो । २०७७ भदौ ३ मा अस्पतालमा नामकरण भएको हो ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width