माओवादीले बुझायो मन्त्रीको नाम (कुन पार्टीलाई कुन मन्त्रालय ?)

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
Gandaki Pradesh Sabha

पोखरा ।
माओवादीले तीन मन्त्रीको नाम बुझाएको छ । विहिबार बसेको बैठकमा मन्त्रालयको टुंगो लगाएपछि मन्त्रीको नाम बुझाएको हो । नयाँ मन्त्रीमा रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तिमगर छन् । बराललाई अर्थ, बुढालाई कृषि र मगरलाई वन मन्त्रीमा सिफारिस गरिएको हो । माओवादीबाट यसअघि नै मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् ।

कांग्रेसले अझै मन्त्रीको नाम टुंग्याएको छैन । भौतिक पूर्वाधार सहित सामाजिक, पर्यटन र प्रदेश मामिला मन्त्रालय कांग्रेसले पाएको छ । कांग्रेसबाट कुमार खड्का यसअघि नै सामाजिक विकास मन्त्री बनेका छन् । अब उनी भौतिकमा सर्ने बताईएको छ ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width