कोलकातामा भानुको सम्झना

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
colkotta~

पोखरा । भारतको कोलकातामा २०८ औं भानुजयन्ती मनाइएको छ । नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भर्चुअल माध्यमबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको हो ।
सो अवसरमा भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरिएको थियो । कार्यक्रममा ८९ वर्षीय ज्येष्ठ कवि मायादेवी अर्याल, प्रह्लाद पोखरेल, डा. बमबहादुर जिताली, डा. शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, धु्रव पौडेल, सूर्यकुमार पण्डित, गिरिराज जोशी, टेकबहादुर लौडारी, चन्द्रमणि अधिकारी, सूर्यवदना पण्डित लगायतले भानुभक्तका रचना वाचन गरे ।
यस्तै, टीकाराम गोपाल भित्रीकोटी, अनुपकुमार भेटुवाल, डा किस्मत भण्डारी, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, रमा शर्मा पौडेल, शिलु शर्मा, चित्रा पौडेललगायतले आ–आफ्ना गद्य कविता वाचन गरेका थिए । कवि राजेन्द्र गुरागाईंले बंगाली भाषामा भानुसम्बन्धी कविता वाचन गरे ।
समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले समितिले करिब २० वर्षदेखि भानुजयन्ती लगायत कार्यक्रम गरी नेपाल र भारत तथा नेपाली र भारतीय नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको बताए । नेपाली समाजको उदाहरणीय नमुना कोलकाताले प्रस्तुत गरिरहेको उनको दाबी छ ।
समिति अध्यक्ष बद्रीविक्रम थापा र नरविक्रम थापा, महासचिव रामबहादुर कार्कीले समितिले कोलकातामा नेपाली समुदायबीच साहित्य, संस्कृति तथा मानवीय कार्य गरिरहेको बताए ।
भानु प्रतिष्ठान अध्यक्ष प्राडा ब्रतराज आचार्यले आदिकविको भूमिका तथा कोलकाता र नेपालको साहित्यिक सम्बन्धबारे प्रकाश पारे । कवि एवं अनुवादक युयुत्सु आरडी शर्मा, नारायण हुमागाईं, रामायण धमला, तिलकराम शर्मा, दिलीप थापा, मानबहादुर श्रेष्ठ, प्रा. मोहन सिटौलाले अमेरिकामा रहेका नेपालीतर्फबाट कोलकातामा साहित्य र सामाजिक सेवाको चेतनाको विकास भएकोमा खुुसी व्यक्त गरे । कार्यक्रमको संयोजन एवं सञ्चालन कवि ऋषभदेव घिमिरेले गरेका थिए ।
समितिले संस्थागत सन् १९९७ देखि संस्थागतरुपमा भानुजयन्ती मनाउनुका साथै भानुभक्त जयन्ती विषेशांक रुपमा साहित्यिक ‘बिहानी’ पत्रिका समेत प्रकाशन गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width