ट्रि हाउस परिसरमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
tree~

दमौली । लायन्स क्लब अफ तनहँु र लियो क्लब अफ तनहँुको आयोजनामा म्याग्दे २ स्थित हृका ज्यान्ट्याङपँधेरा सामुदायिक वनको हरित पार्कमा रहेको ‘ट्रि हाउस’ आसपासमा वृक्षरोपण गरिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेको पार्क हरियाली बनाउने उद्देश्यले विभिन्न किसिमका ४० वटा फलफूलका बिरुवा रोपिएको हो । वृक्षरोपण कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष माया रानाले कार्यक्रमको प्रशंसा गर्दै उजाड डाँडालाई हरियो बनाउन क्लबले खेलेको भूमिकाको सहनिय रहेको बताइन् ।
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर अशोककुमार श्रेष्ठले सामाजिक भावनाले उत्प्रेरित भएर लायन्स क्लबले वनलाई लायन्स संरक्षित हरियो वन बनाउन स्वामित्व लिएको भन्दै त्यसलाई निरन्तरता दिएको बताए । उनले वृक्षरोपणसँगै बिरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
क्लब अध्यक्ष कृष्णहरि गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष प्रतापसिं गुरुङ, सवडिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाट, कार्यक्रम संयोजक कृष्णमुरारी मिश्र, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी, ज्यान्ट्याङपँधेरा सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाट, लियो क्लब अफ तनहुँ अध्यक्ष सुनिल मिश्र, लियो क्लब अफ तनहुँ अल्फाकी संस्थापक अध्यक्ष सुस्मिता चौधरी लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width