कम्युनिष्टले मुलुक बिगार्‍यो : शर्मा

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
nepali congress sukra raj

पोखरा । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्रबिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताएका छन् ।
३९ औं बिपी स्मृति दिवस अवसरमा कांग्रेस क्षेत्र २, कास्कीले बुधबार भलाममा आयोजना गरेको वृक्षरोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान हुने उल्लेख गरे । कम्युनिष्टले मुलुकलाई धेरै बिगारेको आरोप लगाउँदै उनले मुलुक र जनताका लागि कांग्रेसले इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसका महासमिति सदस्य सोभियतबहादुर अधिकारीले अहंकारका कारण कम्युनिष्ट पतन भएको बताए । महिलानेतृ बृन्दादेवी रानाले कांग्रेस नेतृत्वको सरकारले जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् । महासमिति सदस्य देवराज चालिसेले पार्टी भित्र व्यक्तिवादी प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरे ।
गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले जनताका काममा आफू प्रतिवद्व भएर काम गरिरहेको बताए । कांग्रेस कास्की क्षेत्र १ (ख) का सभापति कृष्ण कोइरालाले पार्टीका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासमिति सदस्य गुरु बराल, गिरिराज गौतम, ऋषि काफ्ले, केशर निर्दोषी, वीरेन्द्रनारायण बिजुक्छे, पूर्व क्षेत्रीय सभापतिहरु शोभाचन्द्र बराल, निर्मलप्रसाद कर्माचार्य, कास्की कांग्रेसकी सहसचिव रंगीला आचार्य, प्रवक्ता नवीन सिग्देल, सदस्य मुकुन्द बास्तोला ‘ज्वाला’, कांग्रेस क्षेत्र २ (क) का सभापति विजयराज आचार्य, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, पूर्व केन्द्रीय सदस्य आनन्दी राणा, पोखरा वडा ९ का वडाध्यक्ष रामराज लामिछाने, वडा ११ का वडा अध्यक्ष मोहन बास्तोला, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य देवकृष्ण पराजुली, कांग्रेस वडा कार्यसमिति पोखरा ७ का सभापति नवीन बराल र पोखरा २ का सभापति तीलबहादुर गुरुङले बोलेका थिए ।
कांग्रेस कास्की क्षेत्र २ का सभापति माधव बास्तोला ‘मधु’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन २ (ख) का सभापति दीपेन्द्र मर्सानीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • युवा संघको प्रदेश कार्यालय नयाँबजारमा

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ । शनिबार युवा संघले…
    • माओवादीको जिल्ला कार्यालय उद्घाटन

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      कावासोती । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका…
    • कांग्रेसको वडा अधिवेशन स्थगित

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आसन्न १४ औं महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी…
    • जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । सादा जीवन उच्च…
    • नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      काठमाडौं, ९ साउन । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads