कोरोना संक्रमित फेरि बढे

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो एक हप्तामा २ हजार ४ सय ८२ संक्रमित थपिएकोमा निको हुने संख्या भने ओह्रालो लागेको छ । यस अवधिमा कोरोनामुक्त हुनेमा २ हजार ५१ जना मात्र छन् । यस्तै एक साता अवधिमा ३३ जना संक्रमितले ज्यान गुमाए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार २० पछि एक साताको तथ्यांक अनुसार संक्रमित २ हजार ४ रहेकोमा २ हजार ३ सय १८ संक्रमणमुक्त भएका थिए । प्रदेशमा सोमबार ४ सय १७ संक्रमित हुँदा २ सय ९४ निको भए । मंगलबार ४ सय ३८ संक्रमितमा २ सय ६९ संक्रमणमुक्त भए । बुधबार ३ सय ६३ जनामा संक्रमित हुँदा २ सय ८१ जनाले कोरोना जितेका छन् । प्रदेशका ११ जिल्लामा हाल सबैभन्दा बढी कास्कीमा १ हजार ८६ र सबैभन्दा कम मनाङमा १० सक्रिय संक्रमित छन् ।
बुधबार १ हजार ३० जनाको नमुना परीक्षणमा करिब ३५ प्रतिशतमा कोरोना देखिएको छ । कास्कीमा १ सय १२ सहित म्याग्दीका १८, पर्वतका ३४, गोरखाका १३ र लमजुङका २१ जनामा पोजेटिभ देखिएको हो । यसैगरी तनहुँका ३८, बागलुङका ३, स्याङ्जाका ४६ र नवलपुरका ७८ जना संक्रमित भएको हो । तीमध्ये १ सय ९२ पुरुष तथा १ सय ७१ जना महिला छन् । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ६२ हजार ७ सय २४ पुगेको छ । प्रदेशमा २ सय ८१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ५ सय ७४ पुगेको छ ।
नेपालमा १ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार थप १ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुने ६ लाख ३६ हजार ४ सय २ जना छन् । देशभर हालसम्म ३४ लाख ९५ हजार ६९ नमुनाको पिसिआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३ सय १ छन् भने आइसोलेसन बस्नेको संख्या २६ हजार ८ सय ३२ छ ।

गण्डकीमा ३ को मृत्यु
गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार कास्कीका २ सहित नवलपुरका १ संक्रमितको ज्यान गएको हो ।
पोखरा ५ की ४५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पोखरा २९ का ६२ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । नवलपुर मध्यविन्दु ८ की ७३ वर्षीय कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारक्रममा ज्यान गएको छ ।
योसँगै प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ४१ पुगेको छ । नेपालमा गएको २४ घण्टामा थप ३० जनाको मृत्युसँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width