१२ जुवाडे पक्राउ

रासस
श्रावण ६, २०७८
juwa-tas-paisa

प्रतिकात्मक फोटो

काठमाडौं । काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरिएको छ ।

उनीहरुका साथबाट रु तीन लाख नगद, रु तीन लाख ७० हजार बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • सोमबारदेखि वर्षा हुने

      रासस श्रावण १०, २०७८
      काठमाडौं ।सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन…
    • कोरियामा कोभिडको चौथो लहर

      रासस श्रावण १०, २०७८
      सोल । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको…
    • थुनिएको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      म्याग्दी ।  शनिबार दिउँसो पहिरोले थुनिएर ताल बनेको गुर्जा खोला बग्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १…
    • ५ महिने बालिकाको हत्या

      रासस श्रावण १०, २०७८
      नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा…
    • युवा संघको प्रदेश कार्यालय नयाँबजारमा

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ । शनिबार युवा संघले…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads