२,८३८ सङ्क्रमित थपिए, १,४७५ निको

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७८
Corona Banner

काठमाडौं । आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीे जानकारी दिनुभयो ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उहाँका अनुसार नेपालमा सङ्क्रमणदर १९।२ प्रतिशत रहेको जानकारी दिनुभयो । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उहाँले बताउनुभयो । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण भइरहेको छ ।

स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए

आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या एक हजार ४७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार ४०२ घर फर्किएका छन् । यस्तै आज ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ । योसँगै नौ हजार ६३७ जना सङ्क्रमणका कारणले निधन भएका छन् । प्रति १० लाख जनसङ्ख्यामा ३२४।८ जनाको निधन भएको छ ।

उहाँका अनुसार २४ हजार ३४० जना होम आइसोलेशन, दुई हजार ४९२ जना संस्थागत आइसोलेशन, ६२७ जना सघन उपचार कक्ष र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौँ उपत्यकामा ६९७ जना थपिए

काठमाडौँ उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना सङ्क्रमण थपिएका हुन् । उहाँले अझ पनि धेरै व्यक्ति सङ्क्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताउनुभयो । “जति धेरै परीक्षण गर्‍यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।”

सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गर्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिले पनि अस्पतालमा कोभिड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ सङ्क्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीमा ९२ प्रतिशत निको

      आदर्श समाज सम्वाददाता श्रावण १४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो…
    • १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

      रासस श्रावण १४, २०७८
      जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा…
    • पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

      रासस श्रावण १४, २०७८
      गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका…
    • प्रेस युनियनद्वारा गण्डकी प्रदेशका मन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा, १३ पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads