झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने

रासस
श्रावण ६, २०७८
Jhalanath Khanal

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुग्नुभएका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार आउनुभएको अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो ।

“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो । सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो । अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, सापकोटाले राससलाई जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

    • नेपाल सांस्कृतिक संघ गण्डकी समन्वय समिति गठन

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ गण्डकी प्रदेश समन्वय समिति गठन भएको छ । सोमबार बुद्धिबहादुर राना…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • युवा संघको प्रदेश कार्यालय नयाँबजारमा

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ । शनिबार युवा संघले…
    • माओवादीको जिल्ला कार्यालय उद्घाटन

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      कावासोती । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका…
    • कांग्रेसको वडा अधिवेशन स्थगित

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आसन्न १४ औं महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads