बस पल्टिँदा १ को मृत्यु, १ दर्जन यात्रु घाइते

रासस
श्रावण ६, २०७८
accident

लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • बाटो भत्किएर कारागारमा क्षति

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ ।…
    • फेवाको सिल्टेसन ड्याम डिजाइन गर्ने इन्जिनियरलाई महानगरले सोध्यो ध्यानाकर्षण

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याममा क्षति पुगेको क्षतिप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य…
    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…
    • पहिराेमा पुरिएर बेपत्ता   

      आदर्श समाज सम्वाददाता असार २४, २०७८
      दमौली ।  तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा…
    • ट्याक्टर दुर्घटनामा मृत्यु

      आदर्श समाज सम्वाददाता असार ९, २०७८
      बागलुङ  । बागलुङ नगरपालिका वडा ३, रात्माटामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान ध १ च…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads