सडक निर्माणले माटेपानीवासी लाभान्वित

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
Matepani marga

पोखरा  । पोखरा १२, माटेपानी गुम्बाफेदीदेखि चापापानी कुवासम्मको सडक निर्माण भएको छ ।
यातायात पूर्वाधार निर्देशनालय पोखराको बजेट र पोखरा महानगरपालिकाको साझेदारीमा माटेपानी गुम्बाफेदीदेखि चापापानी कुवासम्मको सडक तथा बाल, नाला र ३ सय मिटर पिच गरिएको हो ।
कुल ६२ लाख ७८ हजार लागत रहेकोमा यातायात पूर्वाधार निर्देशनालयबाट ५६ लाख ५० हजार सयोग रहेकोमा स्थानीय उपभोक्ताबाट ६ हजार २७ हजार सहयोग रहेको थियो ।
लामो समयदेखि निर्माण हुन नसकेको उक्त सडक तथा नालाबाट चापापानी तथा त्यस क्षेत्रका जनता लाभान्वित भएका छन् । योजना निर्माण समिति अध्यक्ष ऋषिराम लामिछानेले योजनाको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै यो योजना ल्याउन विशेष सयोग गर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत स्थानीय उपभोक्ता लगाएत निर्माण समितिका पदाधिकारीमा आभार प्रकट गरे । वडाध्यक्ष रामबहादुर कार्कीले सो सहकलाई नमुना सडक बनाउन पोखरा १२ वडा लागिपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width