यातायात खुले, खुलेनन् सडक

रासस
श्रावण ५, २०७८

गलेश्वर । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् ।

पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधन खुला गरिए पनि बाढी र पहिराका कारण अवरुद्ध बनेका सडक सञ्चालन गर्न नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेका बताउनुभयो । “सार्वजनिक यातायात त खुला भयो तर, सडक खुला गर्न सकिएन, दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ”, श्रेष्ठले भन्नुभयो, “जिल्लाका प्रायः सबै ग्रामीण सडक पहिराले अवरुद्ध छन्, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिएको छैन ।”

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

बेनी–बरङ्जा, बेनी–पुलाचौर र बेनी–झीँ यी तीन सडकबाहेक जिल्लाका अन्य १७ वटा ग्रामीण सडक अवरुद्ध छन् । छ किलोमिटर दूरीको बेनी–पुलाचौर, आठ किमी दूरीको बेनी–बरङ्जा र सात किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् । म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी सञ्चालन हुनसकेका छैनन् । पहिराका कारण सडक साँघुरिएकाले ठूला सवारी सञ्चालन हुन नसकेका उहाँको भनाइ छ ।

यहाँका सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

    • ‘जनताको भावनाअनुसार काम गर्नू’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । हेमजावासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई आग्रह गरेका छन् । बिहीबार हेमजामा आयोजित…
    • चामे सडक खोल्न दिनरात काम

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा  । डेढ महिनादेखि ठप्प वेंसिसहर–चामे सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । डुम्रे–वेंसिसहर–चामे सडक आयोजनाले पहिरोका कारण अवरुद्ध सडक सुचारु…
    • जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

      रासस श्रावण १४, २०७८
      गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका…
    • प्रेस युनियनद्वारा गण्डकी प्रदेशका मन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा, १३ पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप…
    • सार्दिखोला स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले कास्कीको माछापुच्छ्रे २ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई २ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads