खोप उपलब्ध गराउन पोउवा संघको आग्रह

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
po u ba sang

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष सो माग राखेको हो ।
स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताइन् ।
संघको प्रनिनिधिमण्डलमा प्रदेश सांसद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा, संघका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्र्रमान विजुक्छे, उपमहासचिव केशवबहादुर खत्री, संघका कार्यसमिति सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक भरतबहादुर केसी एवं संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको सहभागिता थियो ।
संघका अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्बाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायीहरु खोपबाट बञ्चित हुनु दुःखद भएको बताए । उनले दिनमै सयौं व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने व्यवसायीहरु असुरक्षित हुनु भनेको समाज नै असुरक्षित रहनु हो भन्दै समाजलाई संक्रमणबाट जोगाउन पनि व्यवसायीले खोप पाउनुपर्ने माग गरे ।
यता, संघका प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई सोही व्यहोराको बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धको आग्रह गरेको थियो । प्रत्युत्तरमा प्रजिअ गौतमले स्थानीय प्रशासन निजी क्षेत्रको मागप्रति सकारात्मक रहेको बताएका थिए । सो अवसरमा संघका अध्यक्ष नारायण कोइरालाले खोपको व्यवस्था भएपछि संघसँग समन्वय गर्न आग्रह गरे । खोप केन्द्रमा भीडभाड भएको गुनासो आएकाले व्यवसायीलाई खोपको व्यवस्था हुँदा पोखरा प्रदर्शनी केन्द्रलाई नै खोप केन्द्र बनाउन अध्यक्ष कोइरालाले आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

    • अम्बिका शिशु पोषण अक्षयकोष हस्तान्तरण

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      हेमजा । अम्बिका मावि, सुइँखेतअन्र्तगत समितिमातहत रहेको शिशु पोषण अक्षयकोष आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । कोषका संस्थापक अध्यक्ष नेत्रपाणि…
    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • पोखरामा युवतीको शव फेला

      रासस श्रावण ११, २०७८
      पोखरा । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • एन्टिजेन परीक्षण तथा सचेतना

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र बेगनास ताल नगरीको संयुक्त आयोजना पिसिआर नमुना संकलन, एन्टिजेन परीक्षण तथा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads