अलपत्र परासर पार्क

सविन लामिछाने
श्रावण ५, २०७८
parasar park

दमौली । व्यास ५, पाटनमा निर्माणाधीन परासर पार्क अलपत्र परेको छ । संघीय सरकारको ३ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्माणाधीन सो पार्कका निर्मित संरचनासमेत भत्किन थालेका छन् ।
ड्रयागन निर्माण सेवाले सो पार्क डेढ वर्षमा सक्ने गरी २०७६ वैशाखमा जिम्मा लिएको थियो । तर निर्धारित समयभित्र योजना सम्पन्न हुन सकेन भने निर्मित संरचनासमेत संरक्षण अभावमा भत्किन थालेका छन् ।
व्यास ३ का वडा सदस्य रविन पौडेलले निर्माण भएका संरचना पनि डिजाइन अनुसार नभएको बताउँछन् । पार्क निर्माणपछि आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएकोमा पार्क अलपत्र परेको हो । सो पार्कमा हाल फोहोर मैला थुपार्ने डम्पिङ साइट बनेको छ । पार्क नजिकैको परासर आश्रमलाई पनि असर पुगेको छ । स्थानीय प्रताप श्रेष्ठले भने, ‘पवित्र धार्मिक तीर्थस्थल व्यास र परासर आश्रमनजिकै निर्माण हुने पार्कले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना गर्ने थियो । तर अहिले यो अलपत्र मात्र हैन प्रदूषणको केन्द्र पनि बनेको छ ।’
आयोजना बनाउन भवन डिभिजन कार्यालय कास्कीको प्राविधिक सहयोग छ । संघीय सरकारले उक्त योजना प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । प्रदेश सरकार मातहत रहेको सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाएको छ । तर योजना कहिले सम्पन्न होला भन्नेमै स्थानीय अलमलमा छन् ।
यता, सहरी विकास मन्त्रालयले उक्त योजना छिट्टै नै सम्पन्न गर्ने जनाएको छ । अहिलेसम्म उक्त योजनाको ९० प्रतिशत काम भएको मन्त्रायले दाबी गरेको छ । बाढीले क्षति पु¥याएको क्षेत्रको मर्मत गरेसँगै निर्माण सक्ने योजना रहेको मन्त्रालयका झपरबहादुर थापाले बताए । उनले भने, ‘कोभिडको कारणले समयमा नै निर्माण नसकिएको हो । बाढीले केही संरचना भत्काएको छ ।’
उनले भने, ‘नदीको क्षेत्रतिर नगरपालिकाले तटबन्धन गर्छु भनेको छ । तटबन्धन सकिएपछि बाँकी काम सुरु हुन्छ ।’ व्यास र परासर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भइरहेको पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिए तापनि समयमा नै निर्माण सम्पन्न हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width